जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।


बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।