चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण



मङ्गलबारे । चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन्। जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्।


सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ। उनले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए।

अन्य भूमिहीनले समेत तत्काल आफूहरुलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताए।