काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा काठमाडौँ आएका छन् । उनी मंगलबार बंगलादेशबाट चार्टर्ड विमान लिएर काठमाडौं आएका हुन् ।
विश्व चर्चित ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा नेपालमा आउनुको उद्धेश्य बारे स्पष्ट भएको छैन ।
दुई वर्षअघि लामो समय सार्वजनिकरूपमा देखा नपरेपछि उनी गायब भएको चर्चा विश्वभर चलेको थियो । त्यतिबेला चीन सरकारले उनलाई नजरबन्दमा राखेको समेत बताइएको थियो । चीन सरकारको नीतिको आलोचना गरेपछि उनको ठुलो आइपिओ चीनियाँ सरकारले रोकेको थियो ।
ज्याक मा अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन् ।