घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । सुनचाँदीको मूल्य आज (मङ्गलवार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको मूल्य सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।


यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।