गिनीमा डुङ्गा डुब्दा सात छात्राको मृत्यु



गिनीमा सोमबार डुङ्गा डुब्दा कम्तीमा सात छात्राको मृत्यु भएको छ । पश्चिम अफ्रिकाको गिनीको उत्तरपूर्वमा रहेको नाइजर नदी तरेर सोमबारदेखि सुरु हुने उच्च विद्यालयप्रवेश परीक्षाका लागि ती छात्राहरू सहभागी भएपछि घर फर्कने क्रममा उनीहको मृत्यु भएको थियो ।

“सात जना विद्यार्थीले ज्यान गुमाएको खबरले हामी स्तब्ध भएका छौं,” साक्षरता तथा पूर्व–विश्वविद्यालय शिक्षा मन्त्री गुइलाम हाउइङले परीक्षा अवधि सुरु गर्न यस क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूसँग भने । मृत्यु हुनेमा उहाँकी सौतेनी बहिनी पनि रहेको सुरक्षा अधिकारी मामादी केइटाले एएफपीलाई बताए ।


छात्राहरू विद्यालयको सातौं कक्षामा प्रवेश परीक्षाकोे लागि नाइजर नदी पारी गएका थिए । घटनामा अन्य व्यक्ति पनि हताहत भएको सूचनाका आधारमा उनीहरूको खोजी कार्य जारी राखिएको छ ।