कालीकोटमा जीप दुर्घटना : चालकसहित तीन जनाको मृत्यु



कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा गए राति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । घटनाबारे थप जानकारी आउन बाँकी रहेको रिमालले बताएका छन् ।