काठमाडौं । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा न्यायपरिषदको बैठकमा अनुपस्थित भएका हुन् ।
उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति सम्बन्धमा छलफल गर्ने एजेण्डासहित बुधबार बैठक डाकिएको थियो । गत सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सोही बैठकको निरन्तरतास्वरुप आज बैठक डाकिएको हो । तर, बुधबार बैठकमा कानुनमन्त्री गुरुङ उपस्थित हुन नसक्ने भएपछि प्रधानन्यायाधीश हरिकृष्ण कार्की र वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि बैठकमा उपस्थित भएनन् ।
उच्च अदालतमा हाल ४७ न्यायाधीशको पद रिक्त छ । ४७ न्यायाधीशको पद रिक्त भएपनि यसअघि २७ न्यायाधीश पदमा नियुक्तिका लागि ८१ जनाको सर्ट लिष्ट तयार पारिएको थियो । सोही शर्ट लिष्टका आधारमा २७ जना न्यायाधीशको नियुक्ति गर्ने तयारी थियो ।
कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा न्यायपरिषदको बैठकमा अनुपस्थित भएका हुन् ।