करेन्ट लागेर घाइते भएका पुरुषको मृत्यु



कञ्चनपुर । करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।


प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।