एसीसी यू-१६ः नेपालले दियो थाईल्यान्डलाई २७० रनको लक्ष्य 



काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २७० रनको लक्ष्य दिएको छ । 

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपलाले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ । 


नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए । यस्तै नरेन भट्टले ४३ बलमा ५५ र   सूर्यांशुले ५५ बलमा ४० रन बनाए । 

नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुग्ने छ । थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।