एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने टोलीको बिदाई 



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली टोलीलाई बिदाई गरेको छ । 

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतले नेपाली महिला टोलीलाई बिदाई गरेका हुन् । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।


छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ ।