काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनलेले उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।
उपप्राध्यापक चलाउनेले सरकारको मुद्दा फिर्ताको निर्णय नै खारेज हुनुपर्ने, अदालतमाथिको हस्ताक्षेप बन्द गर्नुपर्ने, आफूलाई न्याय दिनुपर्ने र नागरिकलाई अन्यायबाट प्रताडित बनाउन बन्द गर्नुपर्ने माग राखेका छन् ।
मुद्दा फिर्ताको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालत परिसरभित्र प्रवेश गरेर नाराबाजी गरेपछि आज उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।