आज सुदूरपश्चिम सरकारको नीति कार्यक्रम प्रस्तुत हुँदै



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ।

आज सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दै छन्।


प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ।