अफगानिस्तानमा इद अल–अधाका अवसरमा दुई हजारभन्दा बढी कैदी जेलमुक्त



काबुल । अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ ।

कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ ।


सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ । यस वर्षको इद अल–फित्रको अवसरमा पनि दुई हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो ।