अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग



काठमाडौं । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ ।

एशोसिएशनले आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति जनाउँदै निर्णय बदर गर्न अनुरोध गरेको हो ।


‘सकाम छँदा भाँडो र काम नहुँदा ठाँडो भने जस्तो प्रवृत्ति सरकारले देखाएको छ, यसप्रति सम्पूर्ण कार्यरत कर्मचारीको तर्फबाट एशोसिएशन खेद प्रकट गर्दछ, समयसापेक्ष अतिरिक्त हुलाकको स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले संस्थामा आबद्ध कर्मचारीलाई थप आन्दोलित बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।