काठमाडौँ । हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
यसअघि संसदीय सुनुवाइ समितिले उनको नामलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
नव नियुक्त प्रधानन्यायधीश कार्कीलाई आजै साँझ सवा ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदैछन् ।