सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस विजयी



काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । 

पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अंक जोडेको छ । पुलिस अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।