समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि



काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।


सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ ।