काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीबारे संसदमा प्रश्न उठाएका छन् ।
अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले ‘गाँजा खेती कसलाई चाहिएको ? कसले गर्न खोजेको’ भन्दै प्रश्न गरे ।
‘धान फलाउने, आलु बढाउने, कृषि बढाउने, गहुँ फलाउने कुरा छैन । खाद्यन्नमा आत्मनिर्भर बनाउने कुरा छैन । कसले गर्न खोजिराछ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाजाँ खेती कसलाई चाहिएको छ ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि,’ ओलीले भने ।
उनले भने, ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? किन आउँछन् यस्ता फेन्सी कुरा ? जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन् ?