राष्ट्रिय सभामा अर्थमन्त्री महतले आज जवाफ दिने



काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।

बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि को छलफलमा भाग लिइसके पछि अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।