प्यालेस्टाइनसँग नजिकको सम्बन्ध बनाउँदै चीन



चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले प्यालेस्टाइनसँग राम्रो सम्बन्ध चाहेको बताएका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्व र इजरायल-प्यालेस्टाइन तनाव समाधान गर्न चीनले आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरिरहेको छ। प्यालेस्टिनी नेता महमुद अब्बासको चीन भ्रमणका क्रममा जिनपिङले यस्तो बताएका हुन् ।


पछिल्लो समय चीनले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न इजरायल र प्यालेस्टाइनबीच वार्ताको वकालत गर्दै आएको छ।

यसअघि मार्चमा चीनले इरान र साउदी अरेबियाबीच सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।