नक्कली शरणार्थी प्रकरणमा सलंग्‍नलाई कारबाहीको माग गर्ने अधिकारकर्मी पक्राउ



काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मुख्य दोषीलाई कारबाहीको माग गर्दै बिहीबार मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।


निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । नक्कली शरणार्थी प्रकरणका अभिय्क्तहरुको पक्षका वकिलहरुको बहस जारी छ ।

बिहीबार अभियुक्तहरुको पक्षमा प्रतिरक्षा बहस सक्ने र सरकारी वकिलले आजै जवाफी बहस गर्दैछन् ।