ए डिभिजन लिगमा आज चार खेल हुने



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन् । 

आज खुमलटार र चर्च ब्वाइज युनाइटेड, एपीएफ र फ्रेन्ड्स क्लब, नेपाल पुलिस र सातदोबाटो युथ क्लब तथा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । जारी लिगमा २५ खेलबाट २७ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ । चर्च ब्वाइज ४५ अंकका साथ शीर्ष स्थानमा छ । चर्च ब्वाइज एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको छ । 

यस्तै, एपीएफ र फ्रेन्ड्स क्लबले दिउँसो ३ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । २५ खेलको समाप्तिसम्म एपीएफको ३० अंक भएको छ भने फ्रेन्ड्सको २७ अंक छ । आजको खेलमा दुवै टोली रेलिगेसनबाट जोगिने प्रयासमा हुनेछन् ।

यसैगरी नेपाल पुलिस र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । पुलिस ३८ अंकसहित तेस्रो स्थानमा रहँदा ३५ अंक भएको सातदोबाटो पाँचौँ स्थानमा छ । दुवै टोली आज सुखद अन्यको खोजीमा हुनेछन् ।

यस्तै, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा हुनेछ । अहिलेसम्म आर्मी र हिमालयनको समान ३१–३१ अंक छ ।