अफगानिस्तानको तखार सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ जना घाइते



काबुल। अफगानिस्तानको तखारमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

खामा प्रेस समाचार एजेन्सीका अनुसार पहिलो घटना प्रदेशको चाआब जिल्लामा भएको दुर्घटनामा सवारी साधन पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।


दोस्रो घटना सोही क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो। यसअघि उत्तरपूर्वी प्रान्त बदख्सानको कोफाब जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको खामा प्रेसले जनाएको छ ।

खामा प्रेसका अनुसार गत साता सर्-एपोल, बामियान र जाबुल प्रान्त लगायत देशका विभिन्न क्षेत्रहरूमा भएका धेरै सडक दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको र ४५ जना गम्भीर घाइते भएका छन्। सडक दुर्घटनामा बृद्धि हुनुमा गैरजिम्मेवार सवारी चालक पक्की सडकको अभाव, कम मर्मतसम्भार र ट्राफिक नियम पालना नगर्नु लगायातका कारण रहेको अधिकारीहरूले बताएका छन्।