काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए ।
सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।