सुनको मूल्यको नयाँ कीर्तिमान, कति पुग्यो ?



काठमाडौँ । सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान राखेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १ हजार २०० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो।

यससँगै छापावाला सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि गत २२ चैतमा सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।