सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो दुई नेताबीच सिंहदरबारका भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच संवैधानिक परिषदको बैठक, समसायिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । त्यस्तै भेटमा अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।