शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन सरकारसँग सांसद गैरेको माग



काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले सभामुखले ध्यानाकर्षण गराउँदा पनि सरकारले यो विषयमा सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।


उनले भने, ‘सरकारले किन जघन्य विषयमा सदनलाई यति प्रगति भएको छ, यति काम गर्दै छौँ भनेर भन्नलाई के समस्या भयो ?,’ उनले सरकारले अनुसन्धानमा आलटाल गरिरहेको र दोषीलाई कारबाही हुन्छ भन्ने जनतालाई विश्वास नभएको बताए ।