विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी कार्यक्रमबाट प्राप्त हुने १९ दशमलव ७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि लिएको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिईन् ।


यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा मानव संसाधन छात्रबृत्ति जेडिएस तेस्रो चरण प्रथम ब्याचका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ ।