रुसका तेल भण्डारमा युक्रेनको आक्रामण



युक्रेनले रुसको तेल भण्डारमा आक्रमण गरेको छ । रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरुमा क्षेप्यास्त्र आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुस्लो उठेको थियो ।


युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफनो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरुमा आक्रमण गरी ध्वस्त बनाईएको बताए । उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठूला तेल भण्डारमाथि आक्रामण गरी ध्वस्त बनाइएको छ ।