रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । 

सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो । सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने जनाएकाे छ ।