भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुने



धनकुटा । यही वैशाख २७ गतेदेखि धनकुटाको तल्लो टुँडिखेलमा १५औँ सहिद भीमनारायण रनिङ फुटबल प्रतियोगिता हुनेभएको छ ।

आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ् । जेठ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका आठ फुटबल टोलीको सहभागिता रहने खेल संयोजक शम्भु प्रधानले जानकारी दिए ।


जिल्लाका सात स्थानीय तहको सहयोग तथा जगशक्ति स्टिलको मुख्य प्रायोजनमा खेल सम्पन्न गर्नका लागि रु ४१ लाख ५० हजार बराबरको आयोजकले खर्च सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद पाँच लाखसहित रनिङ शिल्ड र उपविजेताले नगद दुई लाख ५० नगद पाउने प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

विसं २०३२ मा विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा भीमनारायण श्रेष्ठको विसं २०३५ मा गोली हानी हत्या गरिएको थियो । उनकै सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हुँदै आएको हो । यो प्रतियोगिता जिल्लाकै ठूलो धनराशि पुरस्कार भएको फुटबल प्रतियोगिता हो ।