बाल सुधारगृह केन्द्र निर्माण गरिने



काठमाडौं । सरकारले बाल सुधारगृह केन्द्र निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै तनहुँको ढकालटारमा बाल सुधारगृह केन्द्र निर्माण गरिने बताए ।


अर्थमन्त्री महतले सबै प्रकारका बालश्रम शोषणको अन्त्य गर्ने, हाल सञ्चालनमा रहेका आठ वटा बाल सुधार गृहको मर्मतसम्भार तथा संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका छन् ।