प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता 



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको छ।


साथै सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।