प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको भन्दै तत्काल समिति गठन गरी नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।


उनले भने, ‘संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन । जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाती छन् । चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस् ।’

त्यस्तै उनले शून्य समयको नाम परिवर्तन गरेर ‘मन्त्रीले सुन्ने समय’ राख्न माग गरेका छन् । उनले भने,“शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण गरेर मन्त्रीले सुन्ने समय राखियोस्, नभए यो जिरो हुने भयो ।”