प्रतिनिधिसभामा राप्रपाका सांसदहरूको नाराबाजी



काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए ।


उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शून्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।