निरु पाण्डे हत्याका अभियुक्त जेल चलान



काठमाडौं । काठमाडौंको कपनमा भएको निरु पाण्डे हत्याका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले हत्या आरापी विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

विनोदविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आजिवन कैदको माग गर्दै बुधबार अभियोग दायर गरेको थियो । विनोदले हत्यापछि निरुको सिक्रि लुटेका थिए ।


उक्त सिक्रि किन्ने सुनचाँदी पसल सञ्चालक प्रदीप गदाइलीलाई भने अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । घटनाको ९ दिनपछि प्रहरीले विनोदलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । निरु आफ्नै भाँडा पसलमा रहेको अवस्थामा विनोदले ग्राहकको बहनामा पसेर हत्या गरेका थिए ।