नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता



नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए ।


‘१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,’ उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।