नवनियुक्त वन मन्त्री र शिक्षा राज्यमन्त्रीले लिए शपथ



काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार वन तथा वातावरणमन्त्री बनेका वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादवले आज शीतल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गरेका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् ।


मंगलबार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम महतो र यादवलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरु दुवै जना जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी भएका हुन् ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले गठबन्धनमा आबद्ध दलबीच भागबन्डा नमिल्दा किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै ११ औँ पटकमा भने पूर्णता दिएका हुन् ।