नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ दिलाएका हुन् ।


बुधवार तीनै जनालाई राष्ट्रपति पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका थिए ।