नक्कली शरणार्थी प्रकरणः हज समितिका अध्यक्ष शमसेर मियाँ पक्राउ



काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । मियाँलाई बिहीबार सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

उनले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको खुलेको छ। 


यसप्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।