काठमाडौं । सरकारले डिजेलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडा समायोजन गरेको छ ।
यातायात व्यवस्था विभागले डिजेलको मूल्य घटेपछि बुधबारदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरेको हो ।
यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले भाडा घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।