जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त



काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेकाे सो पार्टीले जनाएको छ ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।