गोकुल बास्कोटा भन्छन्-केपी ओली विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर, इन्जिनियर हो



काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप–प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे ।


उनले एमाले अध्यक्ष केपी शर्मँ ओलीलाई दिएको ’हेडमास्टर’ संज्ञा नपुगेको बताए । उनले ओली विशिष्ट प्रतिभाको धनी भएको र उहाँबाट शिक्षा लिन सत्तापक्षका सांसदहरूलाई सुझाव दिए।

उनले भने, ‘तपाईंहरूले दिएको उपाधिले पुग्दैन, केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफेसर, डाक्टर हो‚ इन्जिनियर हो, आर्किटेक्ट हो सबै हो । तपाईंहरूले कम्तीमा सिक्न पाउनुभयो, बधाई छ ।’

उनले एमाले र अध्यक्ष ओलीबाट सामाजिक विकासको मान्यता ग्रहण गरेर सुल्टो बाटो हिँड्न सुझाव दिए । सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हालसम्मका सरकारले के–के गरे ? के एमाले बाधक हो ? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे ।