कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा



विराटनगर । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट फिर्ता बोलाएको हो ।

जसपा नेता रकम चेम्जोङका अनुसार आज इटहरीमा बसेको प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री लिम्बूलाई फिर्ता बोलाएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचानपक्षधरको आन्दोलनलाई समर्थन गर्दै जसपाले आफ्नो मन्त्री फिर्ता बोलाएको हो ।