काभा महिला भलिबल : कजाकिस्तानसँग नेपाल पराजित



काठमाडौं । काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलको खेलमा आयोजक नेपाल पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा कजाकिस्तानले नेपाललाई ३–२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

अब काजकिस्तानले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । काजकिस्तानले नेपाललाई ३०–२८, १६– २५, १५–२५, २५–१८, २५–७ अंकले हरायो ।


जारी प्रतियोगितामा पहिलो पटक ५ सेटमा गएर खेलको हारजित भएको हो । शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।