काठमाडौँ । नेकपा एमालेको विरोध पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सत्तापक्षका एक सांसदले पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाएको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।
बैठक सुचारु गर्न सभामुख देवराज घिमिरेले पटक पटक आग्रह गर्दा पनि अवरोध नहटेपछि २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।