एमालेको केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् बैठकका एजेन्डा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बाट शुरु हुँदैछ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते) सम्म चल्ने जनाइएको छ ।


बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ । पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचन र ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो ।