काठमाडौँ । सेयर बजार आज बन्द रहने भएको छ।
सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार नखुल्ने भएको हो।
अब सेयर बजार भोलि मंगलबार बिहान ११ बजे खुल्नेछ।
यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम छ।