काठमाडौं । सुर्ती र गुट्खाजन्य पदार्थका खोलले वातावरण प्रदूषण बढेपछि सरकारले नयाँ नियम ल्याएको छ ।
अबदेखि यी पदार्थको प्याकिङका लागि आवश्यक पर्ने प्लास्टिकको सट्टा सडेर जाने कागजसहितका वस्तुमा प्याकिङ गर्नुपर्ने नियम सरकारले ल्याएको हो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।