काठमाडाैँ । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक रु एक करोडसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा विवरण पेस गर्ने व्यवस्था गरिएको बताए ।
यसअघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ ।